आज यी तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।