सर्लाहीको जिङ्गडवामा खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए ।
शनिबार दिउँसो घरबाट निस्केका बालकहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा फेला परेको हो । नागेन्द्रका दुईमात्र सन्तान थिए । दुवै छोराको मृत्यु भएपछि पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ ।