अप्पर लोहोरे खोला हाईड्रोको आईपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन, समय थपियो



काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।

आयोजना प्रभावित स्थानीयले आवेदन दिने समय आजसम्म रहेको थियो । माग अनुसार आवेदन नपरेपछि साउन ५ गतेसम्मलाई आवेदन दिने समय थपिएको छ ।

कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो । विदेशमा रहेका नेपालीले भने आजसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता सय रुपैयाँका दरले कम्पनीले ५ करोड ९ लाख ८० हजार रुपैयाँको ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ । जसमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको नौमुले गाउँपालिका–३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ का स्थानीय र अन्य दैलेख जिल्ला बासिन्दाले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणका लागि १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँको १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई निष्कासन गरिएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा जानेले न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले एनआइसी एसिया, ग्लोबल आइएमई र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु