माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने



काठमाडौं । माण्डु हाईड्रोपावर कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीले पहिलो चारणमा आईपीओमा आवेदन दिने छन । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले निष्कासन गर्न लागेको छ । कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गर्ने भएको छ । यस्तै १ लाख ३६ हजार ३६४ कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन हुनेछ ।

कम्पनीले आयोजना प्रभावित ललितपुर जिल्ला बागमती गाउँपालिका-१ र २ का बासिन्दा तथा मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिका वडा ५,६,७ र ८ र इन्द्र सरोवर गाउँपालिका–३ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले प्राइम बैंक, कुमारी बैंक, प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले असार २८ गतेदेखि साधारण आईपीओ निष्कासन गर्ने जनाएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले भने साउन ११ गतेसम्म माग अनुसार आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु