कुथेली बुखरी स्मल हाईड्रोपावर आईपीओ निष्कासन गर्दै, १० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय, रोजगारीका लागि विदेशमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ लाख २१ हजार ८६७ कित्तामध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, ६ हजा ९३ कित्ता सामुहिक लगानी कोष २ हजा ४३७ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

असार २६ गतेदेखि निष्कासन हुने सेयरमा २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ९ गतेसम्म आवेदन दिनुपर्ने छ । आईपीओमा न्युनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु