लेकसाइड २४ घन्टा खुला गर्ने पोखरा महानगरको योजना



काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाइड २४ घन्टा खुला गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लेकसाइडलाई २४सै घन्टा खुला गर्ने योजना सार्वजनिक गरेको हो।

‘पोखरा–६, लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिनेछ । पोखराको लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला गर्न पहल गरिनेछ,’ महानगरको नीति तथा कार्यक्रममा भनिएको छ ।


क्लिकमान्डु