बालेनले बढाएनन् काठमाडौं महानगरभित्रको जग्गाको मूल्य



काठमाडौं । काठमाडौं महानगरभित्र जग्गाको मूल्य स्थिर भएको छ । काठमाडौं महानगरपालिकाले जग्गाको मूल्यांकन नबढाउँदा मूल्य पनि स्थिर हुने भएको हो ।

महानगरका प्रमुख बालेन शाहले आइतबार प्रस्तुत गरेको २०८०/८१ को आर्थिक विधेयकमा गत जग्गाको मूल्यांकनलाई निरन्तरता दिएका छन् । स्थानीय तहले जग्गाको मूल्यांकन बढाउँदा सरकारी दररेट नै बढ्न गई जग्गाको मूल्य पनि बढ्ने गर्छ । यो वर्ष महानगरभित्रको मूल्यांकन स्थिर राखेकाले जग्गाको मूल्य नबढ्ने देखिन्छ ।

सरकारले गत आर्थिक वर्षमा जग्गाको मूल्यांकन बढाएको थियो । सरकारी नियमअनुसार देशभरको जग्गाको मूल्य हरेक २/२ वर्षमा बढाउने प्रचलन रहीआएको छ । त्यसैले, महानगरले पनि यो वर्ष जग्गाको मूल्यांकनलाई यथावत राखेको छ ।


क्लिकमान्डु