विराटनगर महानगरको बजेट ३ अर्ब २८ करोड
काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार महानगपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । चालु आवको तुलनामा विराटनगर महानगरपालिकाले झण्डै १ अर्ब कम बजेट ल्याएको हो । चालु आवमा विराटनगरले ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आवको बजेटअन्तर्गत विराटनगर महानगरपालिकलो पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुयैयाँ बिनियोजन गरेको छ भने चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै, बित्तिय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।