पार्किङ प्रयोजनमा बनेको भवनलाई १० वर्षसम्म सम्पत्ति कर छुट दिने बालेनको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाले बजेट सार्वजनिक गर्दै पार्किङ प्रयोजनका लागि बनेका भवनलाई १० वर्षसम्म सम्पत्ति करमा छुट दिने भएको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट दिइने घोषणा गरे ।

पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्कीङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरले प्चलित कानुन र निर्णय बमोजी कारबाही गर्नुका साथै सम्पत्ति कर सहितका सम्बन्धित अन्य कर असुल गरिने उल्लेख गरिएको छ ।

तर फार सुविधा लिइ स्वीकृत गरेको भवनको सावरी साधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा उपलब्ध नहुने मेयर बालेनले बताएका छन् ।


क्लिकमान्डु