गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सरकारले आगामी आवको लागि ल्याएको उक्त बजेटमा चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात कुल विनियोजनको ३८.१ प्रतिशत रहेको छ ।
यस्तै पुँजीगत तर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल विनियोजनको ६०.४ प्रतिशत हो ।
यस्तै सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ अर्थात् १.५ प्रतिशत, समानीकरण अनुदान तर्फ ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानबाट ४ अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको बजेटबाट खर्च हुन नसकेको मौज्दात रकम ३ अर्ब रहने छ । १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने बजेटमा उल्लेख छ ।