अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको कारोबारले सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार कारोबार सुरु भएको करिब सवा ३ घन्टापछि घट्न थालेको बजार २०१६ बिन्दुमा पुगेको थियो ।

इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेको बनार पुन घटेर २०१६ बिन्नुमा पुगेको थियो । अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता सेयर कारोबार भएपछि पुन बढेको छ ।

अन्तिम १० मिनेटमा विभिन्न ब्रोकरबाट बिक्री गरेको सेयर २८ नम्बर ब्रोकरबाट किनिएको छ । बजार १६.४२ अंकले बढेर परिसूचक २०३७.०६ बिन्दुमा रोकिएको छ । २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ । धेरै समयपछि काराेबार रकममा उछाल आएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १५.७४, जलविद्युत १२.०६, जीवन बीमा १६४.६६, उत्पादन तथा प्रशोधन ३४.१६, माइक्रोफाइनान्स ६५.०१, अन्य समूहको उपसूचक ३२.९० अंकले बढेको छ । कारोबारमा निर्जीवन बीमा ६७.२७, होटल ४३.१६, वित्त १५.८९, विकास बैंक समूहको उपसूचक ३६.२१ अंकले घटेको छ ।

कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ । यो दिन कारोबार रकमको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ ।

सिमेन्टको २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु