दोलखामा १३२ केभीको प्रसारण लाइन बन्दै



काठमाडौं । दोलखाको विगु गाउँपालिकामा साँगु खोला जलविद्युत आयोजनाको १३२ केभी विद्युत प्रसारण लाइन बन्ने भएको छ ।

दोलखाको विगु गाउँपालिकामा रहेको निर्माणाधीन साँगु खोला जलविद्यूत आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको कालिञ्चोक गाउँपालिकामा रहेको नेपाल विद्युत प्रधिकरणको सिंगटी सबस्टेसनसम्म ७.४ किलोमिटर लामो प्रसारण लाइन बन्ने भएको हो ।

उक्त प्रसारणलाईन बनाउनका लागि हिम पर्वत हाइड्रोपावर लिमिटेडले विद्युत विकास विभागमा दरखास्त आवेदन दिएको छ।

७.२ किमि रहने यो प्रसारणलाईनमा २६ वटा टावरहरु हुनेछन् । अधिकतम ३६ मिटर उचाई रहने टावहरुबीचको दुरी १७५ मिटरदेखि ४४५२ मिटरसम रहनेछ ।

निर्माण सुरु भएको १५ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रसारण लाइन निर्माणका लागि कुल १३.३२५ हेक्टर जमिन आवश्यक पर्नेछ । यसमध्ये २६ वटा टावरहरुका लागि स्थायी रुपमा करिब ०.९४५ हेक्टर जग्गा आवश्यक पर्ने र विद्युत मार्ग अधिकार क्षेत्रभित्र (राइट अफ वे) अन्त्र्गत १२.४८ हेक्टर जग्गा (प्रतिबन्धित जग्गा) आवश्यक पर्ने विभागले जनाएको छ ।


क्लिकमान्डु