रुस्लान भोड्का उत्पादनको ५०औं वर्षः अब नयाँ आकर्षक बोतलमा



काठमाडौं । नेपालमा लोकप्रिय रुस्लान भोड्काले ५०औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ ।

यस प्रतिष्ठित ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ ।

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ । जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिंदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । हाल सार्वजनकि गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको हो ।

रुस्लान भोड्काले तपाईको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिनेछ । त्यसैले रुस्लान भोड्का पारखीहरुको पहिलो रोजाइ र छनौट रहँदै आएको छ । अब तपाईले रुस्लान भोड्का ७५०, ३५० र १८० मिलिलिटरका प्रिमियम बोतलहरूमा पाउन सक्नुहुन्छ ।


क्लिकमान्डु