सेयर बजारमा सामान्य सुधार, १३७ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार सामान्य सुधार आउँदा कारोबार रकम भने बढेको छ ।

बजार मापन गर्ने सूचक ४.६८ अंकले बढेर परिसूचक १९३२.३३ बिन्दुमा रोकिएको छ । २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा सामान्य सुधार आउँदा १३७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ७४ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २.८४, होटल १९.२६, जीवन बीमा ३.९६, निर्जीबन बीमा १२.१९ अंकले घटेको छ ।
यस्तै विकास बैंक ३९.७९, जलविद्युत ११.४८, उत्पादन तथा प्रशोधन २७.११, माइक्रोफाइनान्स ४३.०५, ट्रेडिङ समूहको उपसूचक १०९.९१ अंकले बढेको छ ।

कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै खप्तड लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ कर्पोरेसन, सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै सिद्धार्थ इक्विटी फण्ड, सनराइज फोकस इक्विटी फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टि होटल अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १३ लाख १० हजार ७३४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नागरिक लगानी कोष रहेको छ ।


क्लिकमान्डु