प्रतिकित्ता ४३५ रुपैयाँका दरले घोराही सिमेन्ट इण्डष्ट्रीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले सर्वसाधारणका साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिकित्ता ४३५ रुपैयाँ दरका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले उद्योग प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले निष्कास गर्ने सेयरमा जेठ ३२ गतेदेखि असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।