सस्तो लोकप्रियताका लागि अर्थमन्त्री भएर हुँदैन, गाली खान सक्नु पर्छ: युवराज खतिवडा



काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कमजोर जगमा बनेको बताएका छन् ।

सोमबार इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले अर्थमन्त्रीले लोक रिझाइभन्दा पनि गाली खाने गरि बजेट निर्माण गर्न सक्नु पर्ने बताए ।

बजेट राम्रो नभए पनि आर्थिक विधेयक निजी क्षेत्रलाई कस्तो लाग्यो, सरोकारवालालाई कस्तो लागेको छ भन्ने महत्वपूर्ण हुने उनले बताए।

उनले बजेटले सबैलाई समेट्न नसक्ने बताए । बजेटमा मुसा छिरे भन्ने चर्चा रहेको भन्दै यस्ता कुरा हुन नहुने धारणा राखे ।
मन्त्री आफूले ल्याएको बजेटमा जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

निजी क्षेत्रबाट लगानी बढेको कारण बजेटको आकार बढेको खतिवडाको भनाइ छ । उनले बजेटबाट वृद्धभत्ता बढाउनुभन्दा १ लाखको स्वास्थ्य बिमा गराउनु उचित हुने बताए ।

खतिवडाले प्रदुषणको कारण गाडीमात्र नभएको बताए । अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै यसले मात्र प्रदुषण कम नहुने उनले बताए ।

अझै पनि नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै खतिवडाले यसमा पनि ध्यान दिनुपर्ने बताए ।


क्लिकमान्डु