ब्रोकर बन्द गरिरहेका सेयर लगानीकर्ता छलफलका लागि पुगे अर्थमन्त्रालय



काठमाडौं । सेयर लगानीकर्ता छलफलका लागि अर्थ मन्त्रालयका पुगेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको करको व्यवस्थाको विरोध गर्दै ब्रोकर कार्यालय बन्द गराउँदै हिडेका सेयर लगानीकर्ता आइतबार छलफलका लागि अर्थ मन्त्रालयमा पुगेका छन् ।

बिहीबार मध्यान्न देखि नै ब्रोकर कार्यालयमा जाने हुलदंगा गर्ने, कार्यालय बन्द गराउँदै हिडेको लगानीकर्ता आइतबार छलफलका लागि अर्थ मन्त्रालयमा पुगका छन् ।

लगानीकर्ताहरुले सरकारले गरेको करको व्यवस्था नहटाए आइतबार बाट सेयर कारोबार हुन नदिने, ब्रोकर बन्द गर्ने, टिएमएस खोल्न नदिने भन्दै आन्दोलन गरिरहेका छन् ।

ब्रोकरको मौन समर्थतमा लगानीकर्ताहरु ब्रोकर बन्द गराउँदै हिडेपछि अर्थसचिव अर्जुन पोखरेल, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली लगायत मन्त्रालयका अधिकारीहरु लगानीकर्तासँग वार्तामा बसिरहेका छन् ।

लगानीकर्ताले आर्थिक विधेयकको २९ नम्बर बुँदा खारेजीको माग गरेका छन् । लगानीकर्ताहरुले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम मान्नपर्ने माग रहेको छ ।


क्लिकमान्डु