हकप्रद सेयर निष्कासन गरेर ऋण तिर्दै सिंगटी हाईड्रोपावर



काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीले ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिले १ः१ अनुपातमा (१००%) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले हकप्रदबाट उठाएको पैसा ऋण तिर्न र बाँकी रहेको पैसा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको निर्णय नियमनकारी निकायले स्वीकृत गरेपछि आगामी साधारण सभामा पेश गर्ने र सभाले पारित गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु