सहकारीबाट ४ खर्ब ७८ अर्ब बचत परिचालन, ४ खर्ब २६ अर्ब कर्जा प्रवाह



काठमाडौं । सहकारी क्षेत्रबाट ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ ।

आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३, सेयर सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ र सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

२०७९ असारसम्म सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो रोजगार ९३ हजार ७ सय ७१ पुगेको छ ।
सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) रहेको छ । यसमा २०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आवद्ध भएका छन् ।
फागुनसम्म ३ हजार २४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।


क्लिकमान्डु