यूएस कन्ज्युमर कन्फिडेन्स रिपोर्ट: घरेलु उपकरणमा एलजी इलेक्ट्रोनिक्स पहिलो



काठमाडौं । एलजी इलेक्ट्रोनिक्स व्हर्लपुल र जनरल इलेक्ट्रिक जस्ता विश्वव्यापी घरेलु उपकरण कम्पनीलाई पछि पार्दै अमेरिकाको सबैभन्दा भरपर्दो उपकरण कम्पनी बनेको छ ।

अमेरिकाको उपभोक्ता मिडिया संगठन कन्ज्युमर रिपोर्टसले २०१७ देखि २०२२ सम्मका पाँच वर्षमा २५ वटा घरेलु उपकरणको विश्वसनीयता मूल्यांकन गर्दा एलजी इलेक्ट्रोनिक्सले सबैभन्दा बढी  ७६ अंक पाएको हो ।

बजार पारदर्शिता बढाउने उद्देश्य राखिएको अमेरिकी उपभोक्ता महासंघद्वारा प्रकाशित उपभोक्ता अमेरिकी कन्ज्युमर रिपोर्टस मासिक पत्रिका हो । यसको विशेषज्ञता उपभोक्ता सामग्रीमा छ ।

कन्ज्युमर रिपोर्टसका अनुसार ठूला विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायलाई उछिनेर एलजी अमेरिकामा सबैभन्दा भरपर्दो र विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको छ ।

वासिङ मेसिन, ड्रायर, फ्रिज, डिसवासर, इलेक्ट्रिक/ग्यास रेन्जेज, कुकटप, वलओभन र इन्टिग्रेटेड हुडसहित माइक्रोवेभ ओभन गरी विभिन्न ८ प्रकारका ५ लाख २८ हजार ८०० भन्दा बढी घरेलु उपकरण नमुनाका रुपमा लिइएको थियो ।

पाँच वर्षमा खरिद गरिएका नयाँ उपकरणका आधारमा ‘उत्कृष्ट, धेरै राम्रो, औसत र  खराब’को पाँच वर्षको स्केलमा एलजी अगाडि देखिएको रिपोर्टमा उल्लेख छ ।

विशेषगरी, एलजी इलेक्ट्रोनिक्सले इलेक्ट्रिक/ग्यास रेन्जेज, कुकटप,वासिङ मेसिन र ड्रायरसहित चारवटा घरेलु उपकरणमा विश्वसनीयताको उच्चतम स्कोर प्राप्त गरेको छ । व्हर्लपुल, जिइ र बोस्क प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीहरु ७औं स्थानमा छन् भने सामसङ इलेक्ट्रोनिक्स २०औं स्थानमा छ ।


क्लिकमान्डु