थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्रै मात्रै आयोजना प्रभावित स्थानीयले सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख ११ गतेदेखि ४ करोड ९२ लाख ५० हजार रुपैयाँ ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

आईपीओमा आज कार्यालय समयसम्म आयोजना प्रभावित क्षेत्र खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका– १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस)का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

आवेदनकर्ताले सानिमा, राष्ट्रिय वाणिज्य, ज्योति विकास,ग्लोबल आइएमई र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु