३ करोडको लगानीमा होटल संचालन
गोरखा । सदरमुकामस्थित हरमटारीमा ४ जना युवाले ३ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याएका छन् ।
२ वटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ संचालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।
होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ । सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताएका छन् । होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । सुरेन्द्र न्यौपाने, निधिप्रसाद तिमिल्सिना, नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल संचालनमा ल्याएका हुन् । रासस