प्राधिकरणले उद्योगमा लोडसेडिङ गर्दा प्रतिस्पर्धी हुन सकेनन्, लागत बढ्यो: पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युत प्राधिकरणका कारण उद्योगीको लागत बढेको बताएका छन् । जसका कारण उनीहरु प्रतिस्पर्धी हुन नसकेको उनले बताए ।
मंगलबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा पाण्डेले विद्युत प्राधिकरणले उद्योगमा अघोषित रुपमा १० घन्टासम्म लोडसेडिङ गरेको र दिएको बिजुली पनि गुणस्तरीय नहुँदा लागत बढ्न जाँदा प्रतिस्पर्धा हुन नसकेको बताएका हुन् ।
‘अहिले जनताको घरमा लोडसेडिङ भएको छैन । उद्योगमा १० घन्टासम्म लोडसेडिङ हुने गरेको छ,’उनले भने,’ पाएको पनि क्षमताको छैन । अनि त्यस्ता उद्योगले कसरी प्रतिस्पर्धा गर्लान्, यसले लागत बढाएको छ ।’
यसमा ध्यान दिन उनले सरकारलाई आग्रह गरे ।
ठूलाका साथै थोरै लगानीका र छिटो सकिने आयोजनामा बढी बजेट विनियोजन गर्न उनले सरकारलाई सुझाव दिए।
आगामी आवको बजेटमा कर प्रशासन पारदर्शी, मालपोत तथा नापी,नागरिकता, पासवर्ड तथा यातायात कार्यालयका सेवा अनलाइन गर्न सुझाव दिए । यसले भ्रष्टाचार पनि कम गर्ने उनको भनाइ छ ।
काठमाडौंको ठमेल, पोखरा र चितवनको सौराह क्षेत्रलाई २४ सैं घन्टा खोल्न उनले सुझाव दिए ।