चितवनमा ‘रोड टु आईपीओ’ कार्यशाला
काठमाडौं । एनआईबीएल एस क्यापिटल (एक्यान) चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।
एक्यान र पायोनियर ल ले चितवनका कर्पोरेट हाउस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रलाई आईपीओ निष्कासन प्रक्रियामा आवश्यक पर्ने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन कार्यशाला आयोजना गरेका हुन् ।
कार्यक्रममा पायोनियरका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाले प्रस्तुति दिएका थिए ।
कार्यशालामा कानुनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिका विषयमा चर्चा भएको थियो ।