नागरिक लगानी कोषको लाभांश प्रस्ताव, बोनस कति ?



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि र उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति प्राप्त भई बार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु