नेपाल दूरसञ्चार कम्पनीको नाफा र प्रतिसेयर आम्दानी घट्यो



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको नाफा घटेको छ ।

गत आवको चैत मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको अन्य आम्दानी ५ अर्ब ८६ करोड १९ लाख १८ हजार रुपैयाँ रहेको छ । यस्तै चैत मसान्तसम्म कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४८ हजार रुपैयाँ ग्राहकलाई सेवा प्रवाह गरेर आम्दानी गरेको छ ।

प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा रहेको छ । गत आवको सोही अवधिमा यो क्रमशः ४० रुपैयाँ २६ पैसा र ५११ रुपैयाँ ७७ पैसा रहेको थियो ।


क्लिकमान्डु