छुट्ला है आरबीबी म्यचुअल फन्ड–२’ मा आवेदन दिन



काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले निष्कासन गरेको ‘आरबीबी म्यचुअल फन्ड–२’ मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले वैशाख १७ गतेदेखि बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को निष्कासन गरेको हो । निष्कासन भएको १ करोड ८० लाख इकाई मा १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन भएको छ ।

आईपीओमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु