किन रद्द भयो राष्ट्र उत्थान लघुवित्तको लाभांश ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले घोषणा गरेको लाभांश रद्द गरेको छ ।
वैशाख १३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ नगद सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
वैशाख २८ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वित्तीय विवरणमा नाफा नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेमा भएको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतका लागि पेश भएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह गर्दा स्वीकृत नभएपछि लाभांश रद्द भएको सूचनामा उल्लेख छ ।