आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए शपथ



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले शपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शपथ लिएका हुन् ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार गरेका छन् । यी दुई कम्पनीले चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्ज भई बनेको कम्पनी ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ को चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघेको छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा बढी हो ।


क्लिकमान्डु