महासंघ पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् ।
महासंघको विधानको विधानको दफा ३८ (ग) बमोजिम पुँजी बजार फोरमको सभापतिमा गुरागाईलाई मनोनयन गरिएको महासंघले जनाएको छ ।
समिति १७ सदस्यीय हुने छ । सभापति चयन गरेपछि महासंघका पदाधिकारीको सहयोगमा सभापतिले फोरमलाई पूर्णता दिनेछन् ।
फोरमबाट भएका गतिविधि एवं कार्यबारे अर्ध वार्षिक रुपमा पुनरावलोकन गरी मुल्यांकन गर्ने महासंघले जनाएको छ ।
फोरमले सेयर बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने, नीतिगत रुपमा सुधार आवश्यक भएमा सरोकारवाला निकायमा सुझाव दिने लगायत काम गर्ने छ । गुरागाई स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पूर्व अध्यक्ष हुन् ।