एशियन लाइफको नाफा ५.८० प्रतिशतले बढ्यो, बिमा कोषमा ३६ अर्ब ५४ करोड सञ्चित



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.६५ प्रतिशतले कम हो ।

गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा ५.८० प्रतिशतले बढेर १९ करोड ४७ लाख २२ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सले गत आवको तेस्रो त्रैमाससम्ममा १८ करोड ४० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ९ करोड ८८ लाख १४ हजार रुपैयाँ र बिमालेखको धितोमा कर्जाबाट २६ करोड ३३ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा ५२ करोड १७ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ९ हजार २७२ वटा बिमा दाबीवापत ५ अर्ब १२ करोड ८६ लाख ५७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, १८१ वटा बिमा दाबीवापत इन्स्योरेन्सले ४ करोड १२ लाख ९७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।
२ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी ८.९३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२३.०३ रुपैयाँ छ ।

यस्तै, इन्स्योरेन्सको जगेडा तथा कोषमा ४९ करोड ७७ लाख ६१ हजार रुपैयाँ र जीवन बिमा कोषमा ३६ अर्ब ५४ करोड ६३ लाख ८० हजार रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु