लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३५औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले जेठ २२ गते सोमबारका लागि साधारणसभा बोलाएको हो । इन्स्योरेन्सको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० देखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिमको हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ ।

यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को वासलात, आयव्यय हिसाब, नाफा नोक्सान हिसाब एवं लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक निर्धारण गर्नेलगायतका सामान्य प्रस्ताव सभाबाट अनुमोदन हुनेछन् ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ ११ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १० सम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु