बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः सांसद देवकोटा



काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताए ।

राष्ट्रिय सभाको मंगलबारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न उनले आग्रह गरे ।

नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ । जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस् । केही अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गरिदिनुस् । बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला’ उनले भने, ‘नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो । बजेटको सबैभन्दा ठूलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् । निजमाति कानून ल्याउन सकिएको छैन । यो मुलुक कसले चलाएको छ ।’

उनले प्रदेश प्रहरी समायोजन छिटो गर्नका लागि पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।


क्लिकमान्डु