बुटवल पावर कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, नाफा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बुटवल पावर कम्पनीको नाफा करिब १३ प्रतिशतले बढेर २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको नाफा बढेको भएपनि विद्युत बिक्रीबाट हुने आय घटेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आय घट्दा अन्य आम्दानी भने बढेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँ रहेको छ ।

कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख ९४ हजार रुपैयाँबाट बढेर ६ करोड ८० लाख १८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा रहेको छ ।


क्लिकमान्डु