आइएमई जनरल इन्स्योरेन्सले कमायो १७ करोड नाफा, बिमाशुल्क १३ प्रतिशतले बढ्यो



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्सले १७ करोड ३२ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको अवधिको तुलनामा ३.०४ प्रतिशतले बढेको हो ।

गत आवमा कम्पनीले १६ करोड ८१ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बिमाशुल्क १३.१० प्रतिशतले बढेर ५९ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ५२ करोड ७६ लाख ७७ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट १७ करोड ९४ लाख ५७ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ६४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शीर्षकमा २ करोड १६ लाख ८७ हजार रुपैयाँ र पुनर्बिमा कमिशन खर्च शिर्षकमा ३० लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ९० हजार १९९ वटा कुल बिमालेख जारी गरी १ अर्ब ४२ करोड २२ लाख ७ हजार कुल बिमाशुल्क संकलन गरेको हो।

कम्पनीले यस अवधिमा ४ हजार ७०२ वटा बिमा दाबीवापत ५९ करोड ७२ लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, ७ हजार २३६ वटा बिमा दाबीवापत १ अर्ब २३ करोड ३० लाख २ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ० करोड ३७ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.० रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा २४ करोड ७१ लाख रुपैयाँ र बिमा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।

प्रुडेन्सियल इन्स्योरन्स र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । कम्पनीहरुले वैशाख २७ गते बुधबारदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

एकीकृत कारोबारपश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा धेरै हो ।


क्लिकमान्डु