खनिज क्षेत्रमा साढे ७६ करोड लगानी, अधिकांश चुनढुंगा उत्खननमा



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खनी क्षेत्रमा साढे ७६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ। उद्योग विभागका अनुसार ९ महिनाको अवधिमा खनिज क्षेत्रमा ७६ करोड ४७ लाख ६३ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो ।

विभागका दर्ता भएको चारवटा खनिज उद्योगमध्ये ३ वटा उद्योगले चुनढुंगा उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएका छन्ए । विभागअनुसार ९ महिनामा अर्घाखाँची जिल्लामा चुनढुंगा उत्पादनन गर्ने गरी नारायणी सिमेन्ट उद्योग दर्ता भएको छ ।

उद्योगले १० करोड ५७ लाख रुपैयाँ लगानी गरेर वार्षिक २ लाख ४० हजार मेट्रिक टन चुनढुंगा उत्पादन गर्नेछ ।

त्यस्तै, दाङमा मात्रै यो वर्ष दुईवटा उद्योग दर्ता भएका छन् । दाङमा माँ महाकाली खनिज उद्योग र शुभम् खनिज उद्योग दर्ता भएका छन् । माँ महाकालीले वार्षिक ८ लाख १० हजार मेट्रिक टन उत्पादन क्षमतासहित २१ करोड ५० लाख रुपैयाँको कम्पनी दर्ता गरेको छ । भने शुभम् उद्योगले वार्षिक ११ लाख ७० हजार मेट्रिक टन चुनढुंगा उत्पादन गर्ने गरी २५ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको छ ।

त्यसैगरी, खनिज क्षेत्रमा वार्षिक २४ लाख स्क्यारफिट ग्रेनाइट स्ल्याब उत्पादन गर्ने उद्देश्यसहित हिमालय ग्रेनाइट उद्योग रुपन्देहीमा दर्ता भएको छ । उद्योगमा १९ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त दर्ता भएको अधिकांश उद्योग स्वदेशी लगानी रेहेको छ ।


क्लिकमान्डु