हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो



काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए ।

गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।


क्लिकमान्डु