सन्दीप‍लाई काठमाडौं ल्याइयो, कहाँ छन् टोपबहादुर ?



काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार राति बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज विहान काठमाडौं ल्याइएको हो । रूपन्देही प्रहरीले बुद्ध एयरको विमानमार्फत उनलाई काठमाडौं पठाएको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले सन्दीपलाई आजै जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिने छ ।

उनका बुवा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी कहाँ छन् भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ । बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए ।

सुरुमा विमानबाट काठमाडौं आउन टिकाट काटेका उनी आएनन् । अहिले टोपबहादुरको मोबाइल स्वीच अफ छ । उनी कहाँ छन् भन्ने थाहा नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु