सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेकाे छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेकाे छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु