नयाँ, पुराना सबै नेताहरु चोर हुन्: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेताहरुलाई देशको माया नभएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमा मेयर बालेनले नेताहरुमाथि अमर्यादित टिप्पणी गरेका हुन् ।

बालेनले नेताहरु चोर भएको उल्लेख गरेका छन् । उनले पुराना भात्र नभइ नयाँ नेताहरु पनि चोर भएको भन्दै लेखेका छन्, नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’

नयाँ दल र नेतावाट सर्वसाधारणले आशा गरेको बताइरहँदा मेयर शाहले भने नयाँलाई पनि त्यही श्रेणीमा राखेका हुन् ।

बालेनले पछिल्लो समयमा सामाजिक सञ्जालमा विवादास्पद अभिवक्ति दिइरहेका छन् ।

यसअघि उनले सिंहदरबारले सहयोग नगरेको भन्दै आक्रोश पोखेका थिए र फोहोर नउठाउने भनेका थिए । उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न चेतावनी दिएका थिए ।


क्लिकमान्डु