साइकल चढेर गएका शाहलाई रास्वपा कार्यालय प्रवेश गर्न नदिएपछि…



काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय प्रवेश गर्न नदिइएको गुनासो गरेका छन् ।

काठमाडौंको बसुन्धरास्थित रास्वपा पार्टी कार्यालयमा सोमबार उपसभापति डोलप्रसाद अर्याललाई भेट्न पुगेका शाहलाई गेटपालेले साइकल लिएर पस्न नमिल्ने बताएको उल्लेख गरे ।

त्यसपछि आफू फर्किएको शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । गेटपालेले गाडी र मोटरसाइकल मात्रै छिर्न पाउने भनेको र उपसभापति अर्यालको फोन नउठेपछि फर्किएको शाहले उल्लेख गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ ।’ शाहले लेखेका छन्, ‘मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटरसाइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपि अर्याललाई फोन गरेँ,फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी ।’


क्लिकमान्डु