मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४ जना बने भाग्यमानी



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । ९५ हजार ४११ जना आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमा ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

आईपीओमा १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएका थिए । जसमा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेन्छियाम हाइड्रोपावरको वेबसाइट, सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।


क्लिकमान्डु