थ्रीस्टार हाइड्रोपावरले निष्कासन गर्यो आईपीओ,४ लाख ९२ हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले कम्पनीले आयोजना प्रभावित स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रति सेयर १ सय रुपैयाँका दरले ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ ।

यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

आईपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका– १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) का स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका– १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७३ हजार ८७५ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित स्थानीयले वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछन् भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख २५ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ ।

स्थानीयले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु