एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा, अरुको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानीमा सामान्य संकुचन देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको प्रतिसेयर आम्दानी औसत १९ रुपैयाँ ७१ पैसा छ । गत आवको सोही अवधिमा औसत १९ रुपैयाँ ७७ पैसा थियो । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ०.३ प्रतिशतले घटेको हो ।

दुई वटा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ । कुमारी बैंक र कृषि विकास बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ ।

चालू आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ । केहीको भने बढेको छ । २१ वटा बैंकमा ९ वटा बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने १२ वटा बैंकको घटेको छ ।

प्रतिसेयर आम्दानी बढेका बैंकमा एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनएमबी, हिमालयन र लक्ष्मी बैंक छन् ।

सानिमा, माछापुच्छ्रे, ग्लोबल आईएमई, प्राइम, नेपाल बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, सिटिजन्स, प्रभु, कुमारी र कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी ११.४९ प्रतिशतले बढेर ४६ रुपैयाँ ७६ पैसा पुगेको छ ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ६०.२६ प्रतिशतले बढेर ३६ रुपैयाँ ९१ पैसा, एभरेस्ट बैंकको ४३.३१ प्रतिशतले बढेर ३० रुपैयाँ ७४ पैसा, राष्ट्रिय वाणिज्य बैंकको ३९.२० प्रतिशतले बढेर ३० रुपैयाँ ५ पैसा र नलिब बैंकको ३.३६ प्रतिशतले बढेर २५ रुपैयाँ २१ पैसा कायम भएको छ ।

नेपाल एसबीआई बैंकको ३८.७० प्रतिशतले बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ । यस्तै एनएमबी बैंकको ०.६२ प्रतिशतले बढेर १९ रुपैयाँ ४७ पैसा, हिमालयन बैंकको ५.१० प्रतिशतले बढेर १५ रुपैयाँ ४० पैसा र लक्ष्मी बैंकको ४७.४२ प्रतिशतले बढेर १४ रुपैयाँ ६१ पैसा पुगेको छ । 

यस्तै सानिमा बैंकको प्रतिसेयर आम्दानी १.९६ प्रतिशतले घटेर १८ रुपैयाँ ५० पैसा रहेको छ । माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १२.८९ प्रतिशतले घटेर १७ रुपैयाँ ५७ पैसा, ग्लोबल आईएमई बैंकको १८.१९ प्रतिशतले घटेर १७ रुपैयाँ ८ पैसा पुगेको छ ।

प्राइम बैंकको १२.८० प्रतिशतले घटेर १६ रुपैयाँ ९६ पैसा, नेपाल बैंकको २०.३४ प्रतिशतले घटेर १६ रुपैयाँ १७ पैसा, सनराइज बैंकको १४.४६ प्रतिशतले घटेर १५ रुपैयाँ ४३ पैसा, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १५.७४ प्रतिशतले १५ रुपैयाँ २० पैसा र सिद्धार्थ बैंकको २८.४० प्रतिशतले घटेर १४ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी २२.२३ प्रतिशतले घटेर ११ रुपैयाँ ६१ पैसा, प्रभु बैंकको ३९.८० प्रतिशतले घटेर ११ रुपैयाँ ०७ पैसा, कुमारी बैंकको ४३.३९ प्रतिशतले घटेर ९ रुपैयाँ २५ पैसा र कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ५२ प्रतिशतले घटेर ७ रुपैयाँ ९ पैसामा झरेको छ ।


क्लिकमान्डु