सेयर बजारसँगै कारोबार रकमका गिरावट कायमै




काठमाडौं । सेयर बजारसँगै कारोबार रकममा निरन्तर गिरावट आएको छ ।

निरन्तर बजारमा देखिएको गिरावट आइतबार पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा ओलिर्एको छ ।

कारोबारमा २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको १६.७१, विकास बैंक ३५.९८, वित्त ३२.३०, जलविद्युत २७.९४, जीवन बिमा ११८.७४, उत्पादन तथा प्रशोधन १४.३९, माइक्रोफाइनान्स २९.०८, निर्जीबन बीमा २९.५४, ट्रेडिङ समूहको उपसूचक ३१.२३ अंकले घटेको छ । कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ११.०७ अंकले बढेको छ ।


क्लिकमान्डु