सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा आवेदन दिन समय थपियो



काठमाडौं । सिटिजन्स क्यापिटल अन्तर्गत रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा आवेदन दिन समय थपिएको छ ।

फण्डमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ । फण्डले वैशाख १० गतेसम्म आवेदन दिन सक्नेगरी निष्कासन गरेको थियो । माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको हो ।

क्यापिटलले वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना निष्कासन गरेको थियो । कोषले निष्कासन गरेको १ करोड ५० लाख इकाई मध्ये १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ ।

८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । जसमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु