करिब ६० लाख कित्ता आईपीओ निष्कासन गर्नै मोदी इनर्जी कम्पनी



काठमाडौं । मोदी इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा २९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन । आवेदन न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म दिन सकिनेछ । आवेदन वैशाख १९ देखि २४ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सनराइज ब्यापिटल रहेको छ ।


क्लिकमान्डु