सेयर बजारमा हरियाली



काठमाडौं । सेयर बजारमा अन्तिम समयमा केही सुधार देखिएको छ ।

केही दिनयता निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुुधार देखिएको छ । कारोबारको सुरुमा केही बढेको बजार धेरै समय राताम्मे नै बन्यो । अन्तिम ४५ मिनेटमा भने बजारमा सुधार देखियो । बजार मापन गर्ने सूचक १५.१३ अंकले बढेर परिसूचक १९२०.१२ बिन्दुमा रोकिएको छ ।

२७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल १९.०५, जलविद्युत २१.९७, जीवन बीमा ६२.९०, उत्पादन तथा प्रशोधन १५.१४, माइक्रोफाइनान्स ३२.१६, निर्जीबन बीमा समूहको उपसूचक ७०.८४ अंकले बढेको छ ।

बजारमा दोहोरो. अंकको सुधार आउँदा कालिन्चोक दर्शन, मोलुङ हाईड्रोपावर, गुरास लघुवित्त, सामलिङ पावर कम्पनीका सेयर धनीले कमाएका छन् ।

यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्क सर्किट लागेको छ । यस्तै कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त वित्तीय संसथा अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र एनआईसी एशिया बैंक रहेको छ ।


क्लिकमान्डु