सर्वसाधारणका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु