१३२ केभीको लिपिङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइन बन्ने



C

काठमाडौं । १३२ केभीको लिपिङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइन बन्ने भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा रहेको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाको स्विचयार्डसम्म यो प्रसारण लाइन बन्ने भएको हो ।

हिम रिभर पावर लिमिटेडले यो प्रसारण लाइनको निर्माणका लागि दरखास्त पेस गरेको विद्यूत विकास विभागले जनाएको छ । यो प्रसारण लाइनको लम्बाई १४ किलोमिटर रहेको छ ।

१३२ भोल्टको सिंगल सर्किट रहने र १६.२३ मेगावाटसम्म विद्यूत शक्ति प्रसारण्(ा गर्न समिने यो प्रसारण लाइनमा ३७ वटा टावरहरु निर्माण हुनेछन् ।

प्रसारण लाइनलाई निर्माण सुरु भएको १६ महिनाभित्रमा सम्पन्न गर्ने जनाइएको छ ।


क्लिकमान्डु